सरल सहयात्री

SARAL SAHAYATRI

२०८२ जेठ ७ गते मंगलबार


प्रारम्भिक जीवन र शिक्षा
२०३८ साल असोज २१ गते सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको मानेश्वरमा जन्मिएका सरल सहयात्री पौडेल खस आर्य समुदायका हुन्। उनले स्नातक तहसम्मको शिक्षा प्राप्त गरेका छन् ।
उनी १० वर्षको उमेरदेखि नै बाल संगठनमार्फत क्रान्तिकारी गतिविधिमा संलग्न भए। १८ वर्षको उमेरमा विद्यार्थी राजनीतिबाट सशस्त्र संघर्षमा होमिएर जनमुक्ति सेनामा सामेल भए। जनयुद्धका क्रममा उनले ब्रिगेड कमाण्डरको जिम्मेवारी सम्हाल्दै पार्टीभित्रको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेले ।
२०६२र६३ को जनआन्दोलनपछि उनले पार्टीको संगठनात्मक विकासमा सक्रिय भूमिका निर्वाह गरे। २०७८ साल पुसमा नेकपा ९माओवादी केन्द्र० बागमती प्रदेश समितिको अध्यक्षमा निर्वाचित भए, जहाँ उनले १६२ मत प्राप्त गरी प्रतिस्पर्धी दिनानाथ गौतमलाई पराजित गरे ।
२०७९ सालको प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं। १ ९२० बाट वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरी १७,२८३ मत प्राप्त गर्दै विजयी भए ।

टिप्पणीहरू

सम्बन्धित हरु


Related Post Not Found's !

ताजा पोस्ट


  • ताजा पोस्ट फेला परेन !