सरल सहयात्री पौडेल
लेखक साहित्यकार तथा राजनितिज्ञ
प्रारम्भिक जीवन र शिक्षा
२०३८ साल असोज २१ गते सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको मानेश्वरमा जन्मिएका सरल सहयात्री पौडेल खस आर्य समुदायका हुन्। उनले स्नातक तहसम्मको शिक्षा प्राप्त गरेका छन् ।
उनी १० वर्षको उमेरदेखि नै बाल संगठनमार्फत क्रान्तिकारी गतिविधिमा संलग्न भए। १८ वर्षको उमेरमा विद्यार्थी राजनीतिबाट सशस्त्र संघर्षमा होमिएर जनमुक्ति सेनामा सामेल भए। जनयुद्धका क्रममा उनले ब्रिगेड कमाण्डरको जिम्मेवारी सम्हाल्दै पार्टीभित्रको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेले...
सरल सहयात्री